• ११ मंसिर २०८१, मङ्गलबार

बैकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

blog

काठमाडौं, असोज २३ गते । बैकिङ कसुर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तनहुँ भानु नगरपालिका– १२ का ३२ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको २०८० असार ३ गतेको फैसलाले बिगो पाँच लाख रुपियाँ जरिवाना तोकेको थियो ।

पाँच लाख रुपियाँ जरिवाना र क्षतिपूर्ति २० हजार रुपियाँ राहत कोषमा जम्मा गराइ दुई दिन कैद हुने ठहर भएको प्रतिवादी थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।