• १३ असोज २०८१, आइतबार

१९औँ एसियाली खेलकुद

नेपालका गणेश क्यानोइङको फाइनल चरणमा

blog

गणेश गुरुङ प्रतिस्पर्धा गर्दै ।

हाङझाउ, असोज २० गते । नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङको फाइनल चरणमा प्रवेश गर्नुभएको छ । 

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुग्नुभएको हो । 

१० खेलाडीबिच शनिबार नै फाइनल चरणको खेल हुने नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो । फाइनल चरणमा शीर्ष तीनमा रहनेले क्रमशः स्वर्ण, रजत र कांस्य पदक पाउनेछ ।