• २९ मंसिर २०८१, शनिबार

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता

blog

काठमाडौं, असोज १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दोलखा शैलुङ्गेश्वर गाउँपालिका बस्ने कल्याणी सुबेदीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सुबेदी उपर बिगो छ लाख ७७ हजार ५९९ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय हुन माग दाबी लिई भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।