• १९ असार २०८१, बुधबार

सस्तियो सुन

blog

काठमाडौँ, असोज १२ गते । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य कमी आएको छ । बुधबार र बिहीबार गरेर सुनको मूल्यमा दुई हजार दुई सयको कमी आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपियाँले घटेको छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपियाँ तथा तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।  

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपियाँमा कारोबार भएको थियो ।

त्यसै गरी बिहीबार चाँदीको मूल्यमा पनि १५ रुपियाँको कमी आई प्रतितोला एक हजार ३७० रुपियाँमा कारोबार भएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८७४ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ ।