• १ जेठ २०८२, बिहिबार

लप्ची सीमानाका आजदेखि खुल्ने

blog

दोलखा समाचारदाता

दोलखा, असोज ७ गते । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबार (आज) देखि खुल्ने भएको छ । चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएको नाका दुई देशको सहमति अनुसार एक हप्ताका लागि नाका खुल्ने भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार लप्ची नाका एक हप्ताका लागि खुलाउने सूचना आएको छ । 

“लप्ची नाका खुलाउने क्रममा बोर्डरमा बस्ने स्थानीयको परिचयपत्र, बोर्डर कार्डसहितको विभिन्न सर्त चिनियाँ पक्षले राखेको छ,” उहाँले भन्नुभयो, “नाका आइतबारदेखि खुलाउने हो । यस विषयमा थप छलफल गरिरहेका छौँ ।” 

एक हप्ताका लागि नाका खुलाउने भएका कारण स्थानीय हर्षित भएका छन् । नाका खुलेपछि लप्सीवासीले मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा तिब्बती बजार न्यालममा लगेर बेच्न पाउने छन् ।