• ११ मंसिर २०८१, मङ्गलबार

सहमतिमा राहत शिक्षकको असन्तुष्टि

blog

फाइल तस्बिर

काठमाडौं, असोज ५ गते। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो। तर, राहत शिक्षकले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। 

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा राहत शिक्षकले असन्तुष्टि जनाएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘पेशागत संघ संगठनका अध्यक्षहरु थियौँ। हामीले उठाएका मुद्दासँग सम्बन्धित सम्पूर्ण अध्यक्ष वार्तामा थियौँ। सबै अध्यक्षज्युहरुले सहमति भएको भनेर स्वीकार्नुभएको छ। यसलाई लेखिँदैछ। राहत शिक्षकहरुले उठाएका कुराहरु परेका छन्। गृहमन्त्री ज्युले हस्ताक्षर गरेपछि सबैले हस्ताक्षर गर्नुहुन्छ।’

गत असोज ३ गतेदेखि शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने लगायत १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा आन्दोलन थालेको थियो।