• १७ असार २०८१, सोमबार

खोलाले बगाएर एक जना बेपत्ता

blog

राजु लामिछाने 

रुकुम पश्चिम, असोज ४ गते । रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ वर्षीय हृदय गिरीलाई बिहीबार दिउँसो खोलाले बगाएको हो । 

सोही गाउँपालिकाको वडा नम्बर २ पिपलबाट घरतर्फ जाने क्रममा वडा नम्बर १ र २ को सिमानामा रहेको पुमा खोलाले उहाँलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । खोला तर्ने क्रममा गिरीलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । 

सूचना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय समेतको संलग्नतामा बेपत्ता गिरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।