• ११ असोज २०८१, शुक्रबार

तुलनात्मक लाभका क्षेत्रमा लगानी

blog

देशको विकासपछि जनताको विकास हुन्छ, वा जनता विकसित भएपछि मुलुक विकसित हुन्छ भन्ने प्रश्न निरन्तर चलिरहे पनि जबसम्म सबै नेपाली जनता आर्थिक रूपमा सम्पन्न भई उनीहरूको जीवनस्तरमा सुधार हुँदैन देश विकसित भएको मान्न सकिँदैन । देशका विकासको परिणाम जनताको आँखामा स्पष्ट रूपमा देखिनु पर्छ । यसका लागि दुई वटा कुरा हुनु पर्छ । पहिलो देशले तुलनात्मक लाभको क्षेत्रमा लगानी गर्नु पर्छ । दोस्रो उद्यमीलाई भ्रष्टाचारले अपाहिज गर्नु हुँदैन । वर्तमान सरकारका प्रयास यसैतर्फ उन्मुख भएको देख्न पाइन्छ ।

अहिले सरकारले भ्रष्टाचारको रोक्नका लागि यसअघिका गलत कर्तुतलाई धमाधम कानुनी दायरामा ल्याउने प्रयास गरी रहेको छ भने अर्कोतिर जनताले दिनहुँ बेहोर्नु परेका समस्यालाई सहज बनाउने प्रयास गरी रहेको छ । प्रधानमन्त्रीले राहदानी बनाउने रहँदैनौँममा जनता बेहोर्नुपर्ने सास्तीलाई कम गर्ने आदेश दिनु, विदेशबाट फर्कनेलाई थप एक थान मोबाइल भन्सार प्रक्रिया पूरा गरी ल्याउन पाउने छुट दिनुले जनतामा केही सकारात्मक सन्देश गएको छ । नक्कली भुटानी शरणर्थी काण्ड छानबिन, ललिता निवास प्रकरण र सुन तस्करी जालो तोड्न जे जस्तो प्रयास भएका छन्, यसलाई आमजनताबाट शुसासनको प्रारम्भको रूपमा हेरिएको छ । 

देश विकासको क्षेत्रमा सबैभन्दा ठुलो योगदान दिने तत्व स्टार्टप र युवा उद्यमशीलता हो । उद्यमशीलताबिना हामी विश्व बजारमा हाम्रो उत्पादन निर्यात गर्न सक्ने अवस्थामा रहँदैनौँ । जबसम्म नेपाली वस्तु विश्व बजारमा गुणस्तरीय वस्तुको रूपमा किनिँदैन । तबसम्म मुलुकको बाहिरी व्यावसायिक सम्बन्ध दरिलो हुन सक्दैन । 

भ्रष्टाचार, कुशासन र अकर्मण्यताको झाङ फाडेर जसरी रुखको नजिक पुग्न सहज हुन्छ, त्यसरी नै उद्यमी राष्ट्र, विकसित राष्ट्र निर्माणको लक्ष्य पाउनका लागि भ्रष्टाचाररूपी तप्केनीलाई फाँड्नै पर्ने भएकोले सरकारको अभियान निरन्तर अगाडि बढोस् भन्ने आमजनचाहना छ ।

अर्थशास्त्रको सर्वमान्य नियम के हो भने रणनीतिक रूपमा प्रतिस्पर्धीले भन्दा गुणस्तरीय वस्तु कम मूल्यमा बेच्न नसकेसम्म व्यवसाय विस्तार गर्न सकिँदैन । त्यसैले हामीहरूले तुलनात्मक लाभका वस्तु तथा सेवा उत्पादन गरी आरहँदैनौँामक रूपमा बजार विस्तारका महìवाकाङ्क्षी योजनाहरू अगाडि ल्याउनु पर्छ । यस वर्षको बजेटमा सरकारले नेपाली हिमनदीको पानी विदेशमा बेच्ने जुन घोषणा गरेको छ । यो ज्यादै नै राम्रो सोँच हो । किनकि पिउने शुद्ध पानीको उपलब्धतामा नेपाल विश्वका धेरै मुलुकभन्दा ज्यादै सहज अवस्थामा छ । त्यसैले शुद्ध पिउने पानीका बोतल निर्यातका लागि सरकारले उद्यमीहरूलाई सक्दो सहयोग गरेर निर्यातलाई सहज बनाएर यो व्यवसायलाई जतिसक्दो प्रवर्धन गर्न सक्ने हो देशको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने देखिन्छ । 

हिमालको पानी निर्यातका लागि अहिले बन्दै गरेका काली गण्डकी करिडोर, गल्छी केरुङ मार्ग, कोशी करिडोर, कर्णाली करिडोर अति सहयागी हुने निश्चित छ । यसै गरी पानी निर्यात बढाउन स्थानीय वा सङ्घीय करको दरलाई केही घटाएर भए पनि उद्यमीलाई उत्साही गर्नेबारेमा पनि सोच्न पर्ने हुन्छ । जबसम्म उद्यमी जन्मदैनन्, तबसम्म मुलुकले आर्थिक रूपमा काँचुली फेर्न सक्दैन । 

त्यस कारण वर्तमान सरकारले देशको सम्पन्नताका लागि उद्यमी जनमाउने रणनीति अवलम्बन गर्नुपर्ने हुन्छ । अहिले नेपालका सबै युवा विदेश पलायन भए भनेर हामी चिन्तित छौँ । युवा त्यतिबेलासम्म देशमा बस्दैनन्, जबसम्म यो मुलुकमा बसेर केही हुन्छ र केही गर्न सकिन्छ भन्ने कुरामा विश्वास हुँदैन । स्वदेशको कमाइ विदेशको कमाइभन्दा बढी हुँदैन । आजको मितिमा यो देशमा गुमाउनुपर्ने अवसर लागत आम्दानीभन्दा बाहिर गएर कमाउँदाको फाइदा बढी छ । युवा त्यति बेला मात्र स्वदेशमा बस्छन्, जब विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गरेर घरपरिवारसँग बस्न पाइने वातावरण सिर्जना हुन्छ । 

कुनै पनि युवाले दीर्घकालमा स्वदेशमा उद्योग सञ्चालन गरेर विदेशको कमाइभन्दा बढी कमाउन सकिन्छ भन्ने बारेमा विश्वस्त हुँदैन देशमा अडिँदैनन् । देशमा तत्काल लगानीका लागि पुँजी छैन र ऋण पुँजीबाट केही गर्दा पनि नीतिगत अस्थिरता, हरेक पाइलामा कर, कानुन तथा गैरकर अवरोधहरूको सामना गरेर देशमा टिक्न सकिने अवस्था नभएर नै युवा पलायन भएका हुन् । नेपाली युवालाई स्वेदशमै टिकाउने प्रमुख आधार तुलनात्मक लाभका उद्योगको पहिचान गरी र आवश्यक पुँजीसमेत उपलब्ध गराई उद्यमी बन्ने आधार दिनु हो ।

अहिले युवाले तुलनात्मक लाभका क्षेत्र पहिचान गर्न सकेका छैनन् र सरकारको सहयोगको भरपर्दो आश्वासनको अभावका कारण बिदेसिएका छन् । नेपालमा उत्पादन बढाएर निर्यात व्यापार बढाउने हो भने देशले रिकार्डोको तुलनात्मक लाभका क्षेत्रहरू, पोर्टरको डायमण्ड सिद्धान्त आदिलाई अध्ययन गरेर उद्यमीलाई देशमा टिकाउने र उनीहरूलाई हरेक तरिकाबाट उत्साहित पार्ने रणनीति लिनु पर्छ । यो काम स्थानीय र सङ्घीय दुवै सरकारबाट आरम्भ गरिनु पर्छ । देशका नीतिहरू उद्यमीमैत्री बन्नै पर्छ ।

सरकार सबै क्षेत्रको अभिभावक र नियामक भएकाले उसको जिम्मेवारी शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायत अनेक क्षेत्रमा हुन्छ तर उद्योग, उद्यमशीलता र व्यवसायप्रति बढी सहयोगी र सचेत हुनुले एकातिर रोजगारी वृद्धिमा पनि सहयोग पुग्छ भने समानान्तर रूपमा देशको स्रोतसाधनको अत्यधिक प्रयोग हुन जाँदा रोजगारी पनि बढ्छ । 

हरेक उद्योगमा देश लाभको स्थितिमा नरहन सक्छ तर पानी, गलैँचा, पस्मिनालगायत  सफ्टवेयर निर्माणको क्षेत्रमा देशले तुलनात्मक तथा पूर्णलाभको अवस्था छ । यी उद्योगको व्यावसायिक प्रयासले देशमा केही उद्यमी युवा टिकाउन सहयोग मिल्छ भने देशको राजस्व वृद्धिमा पनि तुलनात्मक लाभ पुग्छ । किनकि नेपालको बराबर शुद्ध र खनिजयुक्त पानी विश्वको अन्य ठाउँमा निःशुल्क उत्पादन हुँदैन । 

अरब मुलुकले वर्षौंदेखि शुद्धपानीको अभावको सामना गरिरहेका छन् । ती देशमा अहिले पानीको समस्या समुद्रको नुनिलो पानी प्रशोधन गरेर आवश्यकता पूरा गरेका छन् तर पिउने पानी नेपालको जस्तो त्यहाँ उपलब्ध हुन सक्दैन । त्यसैले शुद्ध र गुणस्तरीय पानी निर्यातका लागि नेपालले प्रयास गर्नुका साथै यसको गुणस्तर सुधारको रणनीतिलाई पनि निरन्तर जारी राख्नु पर्छ । नेपालले गत वर्ष कराडाैँको खानेपानी निर्यात गरिसकेकोले यसको परिमाण अर्बौंमा बढाउन के कसरी सम्भव हुन्छ प्रयास गरौँ । पानीको बजार जहिले पनि बढ्ने बजार हो । पानीको व्यापारले पक्कै पनि दिगो आम्दानीको बाटो खोल्छ ।

यसै गरी नेपालका युवा इन्जिनियरहरूले गत वर्ष ८५ अर्ब बढीको सफ्टवेयर बिक्री गरिसकेको अवस्था छ । त्यसैले अर्को सफल उद्योगको रूपमा सफ्टवेयर बिक्रीलाई पनि लिन सकिन्छ । यो सबैभन्दा उपयुक्त किन छ भने यसले युवालाई विदेश जानबाट पनि रोक्छ भने कमाइमा विदेशकै जत्तिकै हुने अवस्था पनि रहेको छ । यसका लागि त्यो विषयको अध्ययन पनि आवश्यक भएकाले शिक्षालाई पनि सर्वशुलभ बनाउने प्रयास पनि आर्थिक विकाससँगै जोडिनु पर्छ ।

युवा दिमाग र श्रमको बाहिरी प्रवाहलाई रोक्ने मुख्य आधार भनेको विदेशमा भन्दा बढी आम्दानी नेपालमा नै हुन्छ भन्ने कुराको प्रत्याभूति युवालाई दिलाउन सक्नु हो । यसका लागि भ्रष्टाचार र भनसुनवादलाई निमिट्यान्न पारेर उद्यमीलाई प्राविधिक रूपमा काम गर्ने अवसर प्रदान गर्नु हो । जसरी बङ्गलादेशले तयारी पोसाकबाट आफ्नो अवस्था परिवर्तन गरी रहेको छ नेपालले पनि गलैँचा, पस्मिना, पानी, सफ्टवेयर उद्योगमा ध्यान केन्द्रित गरी युवा पलायनलाई रोक्नका लागि सरकारको भ्रष्टाचारविरोधी अभियानले थप तीव्रता दिनु पर्छ । सम्भव भएका तुलनात्मक लाभका क्षेत्र पहिचान गरी थप लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्छ । 

  

Author

रामप्रसाद गौतम