• ३१ जेठ २०८२, शनिबार

आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

blog

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय

रमेश विश्वकर्मा
गुल्मी, जेठ ३१ गते ।
लुम्बिनी प्रदेश सरकारले आइतबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । भूम्या पूजाको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कृष्णप्रसाद नेपालका अनुसार असार १ गते आइतबार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम (पूर्वी भाग) र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

भूम्या पूजाका अवसरमा विशेषगरी चार जिल्लाका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको बताइएको छ । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।