मासुको सेवन वा प्रयोगबाट मानिसमा सर्ने धेरै रोग छन् । जसलाई मासुजन्य रोग भनिन्छ । यीमध्ये केही रोग प्राकृतिक रूपमा जनावर र मानिसबिच सर्ने गर्दछन् र तिनीहरूलाई जुनोटिक रोग भनिन्छ ।
यसमा ब्याक्टेरिया, भाइरल, माइकोटिक र परजीवी जुनोटिक रोगहरू समावेश छन् । जुनोटिक रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । जङ्गली जनावरको प्राकृतिक बासस्थानमा मानव घुसपैठ जुनोटिक रोगहरूको सङ्ख्यामा यो क्रमिक वृद्धिको पछाडि एक कारण हो । वधशालामा काम गर्ने कामदार, उपउत्पादन प्रयोग गर्ने प्लान्ट र भेटेरिनरी डाक्टरहरूलाई जुनोटिक रोग लाग्ने बढी जोखिम रहने गर्छ । अनुचित पूर्वमार्टम र पोस्टमार्टम निरीक्षणको कारणले रोगी जनावर मासु शृङ्खलामा प्रवेश गर्न सक्छन् ।
यसबाहेक, मासु र मासुजन्य पदार्थको उत्पादनका विभिन्न चरणमा सरसफाइको अभावले गर्दा मासुजन्य रोगहरू हुने प्रमुख कारण हुन् । जुनोटिक रोगहरू जनावर र मानिसबिचमा फैलिने सङ्क्रमणको कारणले हुन्छन् । मानिसहरूमा यी रोगहरूको गम्भीरता हल्कादेखि जीवनलाई चुनौती दिनेसम्मका हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू ब्याक्टेरिया, भाइरस र परजीवीहरू जस्ता रोगजनक (रोग निम्त्याउने) सूक्ष्मजीवद्वारा दूषित खाना वा पानीको उपभोगका कारण हुने गर्छन् । तिनीहरू शरीरमा प्रवेश गरेपछि मानवमा पहिलो चरणका लक्षणहरू देखा पर्ने गर्छन् ।
यी धेरै सूक्ष्म जीव सामान्यतया स्वस्थ खाना उत्पादन गर्ने जनावरहरूको आन्द्रामा पाइन्छ । प्रदूषणको जोखिम खेतदेखि काँटासम्म हुन्छ र खाद्य शृङ्खलामा रोकथाम र नियन्त्रण आवश्यक हुन्छ । सबैभन्दा सामान्य खानाजन्य रोगहरू क्याम्पिलो ब्याक्टर, साल्मोनेला, येर्सिनिया, इकोलाई र लिस्टेरियाका कारण हुन्छन् । खाद्यजन्य जुनोटिक रोगहरू एक महìवपूर्ण र विश्वव्यापी रूपमा स्वास्थ्यका लागि निकै खतरायुक्त कुरा हुन् ।
खाना कसरी दूषित हुन्छ ?
प्रदूषण चेनको साथमा खाना जुनसुकै बिन्दुमा हुन सक्छ । त्यो कृषि फार्ममा, वधशालामा, प्रशोधन वा तयारीको क्रममालगायत जुनसुकै चरणमा पनि खानेकुरा प्रदूषित हुन सक्छ । यदि खाना गलत तरिकाले भान्सामा प्रवेश गरेमा वा पकाएको छ भने खाना प्रदूषित हुने सम्भावना बढी रहन्छ । उत्पादन स्तरमा पनि खाद्यपदार्थ प्रदूषित हुने गर्छ । तिनका प्रमुख कारणहरूमा ब्याक्टेरियाले जनावरहरूमा सङ्क्रमण निम्त्याउन सक्छ । परजीवी जसले खाना उत्पादन गर्ने जनावरहरूलाई सङ्क्रमित गर्न सक्छ । त्यसै गरी मल वा वातावरणीय धुलोको सम्पर्कबाट दुध दूषित बन्दा दुग्धजन्य पदार्थहरू दूषित हुने गर्छन् ।
त्यसै गरी मल र वरिपरिको वातावरणद्वारा दूषित जनावरको छालाले पनि खाद्य पदार्थलाई दूषित पार्न सक्छ । वधशाला फोहोर हुँदा, भुँडी, आन्द्राजन्य पदार्थ अरू राम्रो भागमा मिसिँदा समेत मानिसले खाने खाना प्रदूषित हुन सक्छ । कतिपय अवस्थामा मासुजन्य तथा अन्य खाद्य पदार्थलाई प्रशोधन गर्दा पनि विभिन्न कुरासँग सम्पर्कमा आउँदा प्रदूषित हुने गर्छ । अन्य कच्चा कृषि उत्पादनमा वा खाद्य सम्पर्क सतहमा उपस्थित सूक्ष्म जीवद्वारा पनि खाद्य पदार्थ दूषित हुने हुन्छ भने सङ्क्रमित व्यक्तिद्वारा छुँदा वा लसपस हुँदासमेत स्वच्छ खाना प्रदूषित हुने गर्छ । त्यति मात्र नभई तयारी खाना पनि प्रदूषित हुने उत्तिकै डर हुने गर्छ । भाँडा वा भान्साको सतहहरूको अनुचित प्रयोग, जसले ब्याक्टेरिया फैलाउन योगदान पु¥याउन सक्छ । त्यसैले काँचो मासु र अन्य कच्चा खाद्य सामग्रीको सुरक्षित भण्डारण, राम्ररी पकाउने र भान्साको राम्रो सरसफाइले यी सूक्ष्म जीवहरूबाट हुने जोखिमलाई रोक्न वा कम गर्न सक्छ ।
जनावर वा पशुजन्य वस्तुको सम्पर्कबाट मानिसमा धेरै रोग लाग्ने गर्दछ । जनावरहरूमा पाइने कारक जीवहरू दूषित मासुको माध्यमबाट मानिसमा फैलिन सक्छ, त्यसैले जनावरहरूमा जीवहरूको उपस्थिति पहिचान गर्न, मासुमा पत्ता लगाउन र सार्वजनिक स्वास्थ्य खतराहरूको मूल्याङ्कन गर्न आवश्यक छ । यसका लागि मासुजन्य पदार्थसँग सम्पर्कमा आउन सक्ने महत्वपूर्ण पक्षहरू विस्तृत रूपमा अध्ययन गर्नु पर्छ । एक अध्ययनमा मानिसमा हुने रोग, जनावरमा जीवाणुको फैलावट, मासु परीक्षणमा पत्ता लगाउने र जनस्वास्थ्यमा महत्व रहेको छ ।
वधशाला मासु उत्पादन गर्ने काम सबैभन्दा महत्वपूर्ण पक्ष हो । सबै जनावरहरूलाई अत्यन्तै स्वच्छतापूर्ण अवस्थामा मार्ने कामलाई सुनिश्चित गर्न अधिकतम रूपमा ती जीवजन्तुको हेरचाह गर्नु पर्छ । विशेष गरी भारत जस्ता विश्वका केही देशमा खाद्यजन्य रोग गम्भीर समस्या बनिरहेका छन् । विश्वभर खाद्यजन्य रोगको मुख्य स्रोत मासु हो । त्यसैले जनावरको मृत शरीरको ब्याक्टेरिया दूषित हुनु मानव स्वास्थ्यका लागि निकै र दीर्घकालीन चुनौती हो । त्यसैले मासुमा जनावर प्रशोधनको काम अपरिहार्य हुन आउँछ । यो प्रदूषण प्रशोधन उपकरण, कामदार र वातावरणबाट आउन सक्छ, तर प्राथमिक स्रोतहरू जनावरहरू नै हुन् । जनावरको खुर, आन्द्राको सामग्री र रगतमा ब्याक्टेरियाको ठुलो सङ्ख्या हुन सक्छ, यी चिजहरू रोगजनक हुन्छन् नै । त्यस कारण त्यस्ता सबै देखिने प्रदूषणहरू शवको सतहहरूबाट हटाइनु पर्छ । त्यस्ता खालका मासुहरू खानु मानव जीवनका लागि स्वस्थ्यकर हुँदैनन् ।
मासुजन्य रोगहरू ती रोगहरू हुन्, जुन मासु र मासुजन्य पदार्थको एजेन्सीमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मारिएका जनावरहरूबाट सर्ने गर्छन् । यी ब्याक्टेरिया, भाइरल, परजीवी, माइकोटिक, रिकेट्सियल र रासायनिक उत्पत्ति हुन सक्छन् । पशुको मासु व्यवस्थापन, पशु वध गर्ने, मासु तथा मासुजन्य पदार्थ प्रशोधन गर्ने, वधशालाको उपउत्पादनको व्यवस्थापन गर्ने, मासु तथा मासुको निरीक्षण गर्ने, मासु तथा मासुजन्य पदार्थको बजारीकरण तथा वितरण गर्ने कार्यमा संलग्न व्यक्तिलाई यस्ता रोग लाग्ने गरेका छन् ।
दूषित मासु र मासुजन्य पदार्थको सेवनबाट पनि उपभोक्तालाई सङ्क्रमण हुने गरेको छ । त्यसैले मासुजन्य रोगको नियन्त्रण र रोकथामका लागि उचित उपाय अपनाउनु पर्दछ । पशु वध गर्नु अघि र पछि मासुजन्य रोगको निरीक्षण, मासुजन्य पदार्थको स्वच्छतापूर्ण वध र प्रशोधन, निन्दित सामग्रीको उचित विसर्जन र जुनोज, गुणस्तर नियन्त्रण प्रणाली र जनचेतनाको सिर्जना जस्ता थुप्रै उपाय छन् ।
हामीले केही सावधानी अपनाएर यस्ता सङ्क्रमणबाट आफूलाई बचाउन सक्छौँ जस्तै : बिरामी जनावरहरूलाई अलग्गै राखेर उपचार गर्ने, काट्ने र खरोंचहरूमा तुरुन्त र प्रभावकारी प्राथमिक उपचार प्रदान गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरणहरू प्रयोग गर्ने, समग्र कपडा, पन्जा, जुत्ता, चस्मा, एप्रोन लगाएर काम गर्ने र काम गर्न ठाउँका उपकरणहरू सफा गर्ने र कीटाणुरहित गर्ने, घरपालुवा जनावर र पशुधनलाई बेलाबेला खोप लगाउनु पर्छ ।
घरपालुवा जनावरहरूको बस्ने ठाउँमा मुसालाई नियन्त्रण गर्ने, जनावरहरको श्वासप्रश्वास सुरक्षा, सधैँ पाश्चराइज्ड सबै दुध र अन्य दुग्धजन्य उत्पादनहरू प्रयोग गर्ने बानी बसाल्नु पर्छ । पाश्चराइज्ड दुग्ध उत्पादनहरू यात्राका क्रममा खानु हुँदैन । अनि मात्र मासुजन्य, दुग्धजन्य पदार्थ सेवनबाट हुने रोगको सङ्क्रमणबाट बच्न सकिन्छ ।