• २३ वैशाख २०८१, आइतबार

साहित्य सङ्गमको अध्यक्षमा बर्तौला

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ २७ गते । मकवानपुरको साहित्यिक गतिविधिमा क्रियाशील साहित्य सङ्गम मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशनले संस्थाको अध्यक्षमा डिबी बर्तौलालाई निर्वाचित गरेको हो । उहाँले ९७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा सानु खनाल (१२१ मत) र सचिवमा मनोज पोखरेल (११०) विजयी बन्नुभएको छ । उपाध्यक्षका प्रतिस्पर्धी एसके निधनले ५६ र सचिवका प्रतिस्पर्धी यश लामाले ६७ मत प्राप्त गर्नुभयो । आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको सदस्यमा कुवेर पराजुली, कृतिका लौडारी, रजनी पौडेल र स्वस्तिका बानियाँ निर्वाचित हुनुभएको छ । यसअघि कोषाध्यक्षमा मेनु तिमिल्सिना र सहसचिवमा भवानी तिमिल्सिना न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको थियो ।