• १० मंसिर २०८१, सोमबार

मन जित्यो नेपालले

blog

 नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर ।

 धेरै समयपछि नेपालका रूपमा यस्तो एसियाली टिम देखेँ, जुन टिमका ब्याट्सम्यानले विश्वस्तरीय बलहरूको सर्ट बलमा सजिलै चौका, छक्का प्रहार गर्दै थिए । यो तारिफयोग्य छ – गौतम गम्भीर, भारतका पूर्वक्रिकेटर ।

 नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय क्रिकेट अभ्यस्त गर्न भारतले हात बढाउनु पर्छ । भारतको ए टिमलाई नेपाल पठाउनुस् । भारतको घरेलु संरचनाको क्रिकेटमा नेपाली खेलाडीलाई ठाउँ दिनुस् किनभने नेपालसँग क्रिकेटको लगाव मात्र होइन, खेल्ने क्षमता पनि छ – आकाश चोपडा, चर्चित कमेन्टेटर ।

विश्व क्रिकेटका यी हस्तीले हचुवाका भरमा यी भनाइ राखेका होइनन् । एसिया कपमा विश्वका दुई शीर्ष टिम भारत र पाकिस्तानसँगको प्रदर्शनपछि नेपालको प्रशंसामा खर्चिएका यी त केही उदाहरण मात्र हुन् । 

हुन पनि एसिया कपबाट साँच्चिकै नेपाली क्रिकेटको सम्मान र प्रतिष्ठा बढेको छ । मिनी वल्र्ड कप क्रिकेट मानिएको एसिया कप नेपालले पहिलो पटक खेलेको हो । २१ वर्षअघि पनि नेपाल एसिया कपमा चयन भएको थियो तर यी दुई राष्ट्रबिचकै तनावले सो समय एसिया कप रद्द भयो । नेपालको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना चकनाचुर भयो । 

यी दुवै देश भौगोलिक हिसाबमा नेपालको निकै नजिक छन् तर क्रिकेट दूरी भने उत्तिकै टाढा । भारत, पाकिस्तान त टाढाको कुरा बङ्गलादेश, श्रीलङ्कासँगको शृङ्खला पनि सम्भव भइरहेको थिएन तर नेपालले कसैको कृपाले नभएर आफ्नै बलबुताले भारत र पाकिस्तासँग खेल्न आफूलाई योग्य बनायो । नेपालले एसिसी प्रिमियर कप उपाधि जितेपछि यो सम्भव भएको हो । अब बल्ल व्रिmकेटमा पनि नेपालको क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँगको दूरी कम भएको छ ।

भारत र पाकिस्तानविरुद्ध क्रिकेट खेल्ने नेपालको सपना हो । एसिया कपमा नेपाल भारत र पाकिस्तानकै समूहमा प-यो । नेपालले चार दिनको अन्तरमा भारत र पाकिस्तानविरुद्ध खेल्ने अवसर पायो । यस अर्थमा नेपाल भाग्यमानी पनि रह्यो । विश्व क्रिकेटमा भारत र पाकिस्तान ठुला नाम हो । 

व्रिmकेटमा यी दुवै देशको छेउछाउमा पनि नेपाल छैन । यस्तो स्थितिमा भारत र पाकिस्तानविरुद्ध नेपालको जितको अपेक्ष गर्नु यथार्थपरक थिएन । नेपालले दुवै खेलमा फराकिलो हार पनि बेहो-यो । पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले हारेको नेपालले भारतसँग दस विकेटले खेल गुमायो ।

तर यी दुवै स्कोर कार्डले नेपालको प्रदर्शनबारे भ्रम पर्न सक्छ । किनभने दुवै खेलमा नेपालले आफ्नो छाप छोडेर विश्वलाई आफ्नाको प्रशंसा गर्न बाध्य तुल्याएको थियो । पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गरेको थियो । पाकिस्तान विश्वको नम्बर एक टिम, जसमा विश्वका उत्कृष्ट ब्याट्सम्यानहरू भरमार थिए तर त्यस्तो टिमविरुद्धको पालिमा सुरुको ३० ओभरसम्म नेपाल हाबी थियो । नेपाली बलिङ आक्रमणले ब्याटिङ पिचमा अनुशासित र नियन्त्रित बलिङ गरेर पाकिस्तानलाई दबाबमा राखेको थियो । 

सो अनुशासित बलिङबाट नेपालले पाकिस्तानको सुरुको चार विकेट १२५ रनमै निकालेपछि नेपालले चमत्कार गर्न सक्ने अपेक्षा पनि भयो । यद्यपि पाकिस्तानका कप्तान बाबर र इफ्तिकार अहमदले १३१ बलमा २१४ रनको विस्फोटक दोहोरो साझेदारी गरेर खेललाई नेपालको पहुँचभन्दा पर पु-याइदिनुभयो ।

विश्वका नम्बर एक ब्याट्सम्यान बाबरले १३१ बलमा १५१ रनको शानदार पालि खेल्नुभयो । करण केसीले ५५ रनमा छँदा आफ्नै बलिङमा छोडेको बाबरको क्याचले ठुलो मूल्य चुकाउनु परेको हो । बाबर मात्र होइन, प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकको सजिलो क्याच पनि विकेटकिपर आसिफ शेखले छोडेको थियो । 

पाकिस्तानविरुद्धको ब्याटिङमा भने नेपाल धराशायी नै भयो । पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आक्रमणमा धराशायी हुने संशय थियो तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आक्रमणमा प्रशंसालायक ब्याटिङ गरे । भारतको विश्वस्तरीय बलिङ आक्रमणसामु कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले प्रहार गरेको चौका, छक्काले विश्व क्रिकेटलाई मोहित बनायो ।

नेपाली ब्याट्सम्यानले भारतविरुद्धको खेलमा ४८।१ ओभर टिकेर बनाएको २३० रन नै यस एसिया कपको सबभन्दा चर्चाको विषय बन्यो । यद्यपि भारतको जवाफमा पानी परेपछि नेपाललाई घाटा भयो । पानीले भिजेको मैदानमा बललाई ‘ग्रिप’ गर्न गाह्रो हुने भएकाले पनि नेपाली बलरलाई बेफाइदा भयोे, जसको फाइदा भारतका दुई ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले उठाउनुभयो ।

जे होस्, यो हप्ता नेपाली व्रिmकेटले ठुलो खुसी दियो । साना–ठुला,क्रिकेट बुझेका–नबुझेका, जनता–नेता सबै जना व्रिmकेटले दिएको उपलब्धिमा खुसी बने । नेपाल अब विश्व क्रिकेटमा ठुलो टिमका रूपमा अगाडि आउँदै छ भन्ने सङ्केत ग-यो । यस प्रतियोगितापछि व्रिmकेट विज्ञहरूले विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय व्रिmकेट काउन्सिल (आइसिसी) मार्पmत नेपाललाई बढीभन्दा बढी सहयोग गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

आइसिसीले पनि नेपाललाई ठुलो सम्भावना बोकेको देशका रूपमा लिएको छ । एसिया कपको खेलपछि नेपाली व्रिmकेटको सम्भावनाको बाटो खुलेको छ । अब पक्कै पनि विभिन्न देशमा हुने फ्रेन्चाइ लिगमा नेपाली क्रिकेटर पुग्ने छन् ।

नेपाली क्रिकेटको यो उपलब्धिमा रमिरहेको बेला नेपाली क्रिकेटलाई माया गर्ने एक पक्ष भने यो खुसी क्षणिक हुने त होइन भन्ने चिन्तामा छन् । उनीहरूको शङ्का जायज पनि छ । एसोसिएट राष्ट्रले लामो समयसम्म सफलतालाई बनाइराख्न सकेको इतिहास छैन । विश्वकप खेलिसकेका केन्या, नामिबिया, क्यानडा, बर्मुडा, पपुआ न्युगिनी जस्ता देश यसका ज्वलन्त उदाहरण हुन् । आयरल्यान्ड र अफगानिस्तानले मात्र एसोसिएटबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसम्म पुग्ने क्रममा आफ्नो स्तरलाई कायम राखेका छन् ।

अफगानिस्तानको प्रगति कसैबाट लुकेको छैन । अफगानिस्तानले नेपालभन्दा धेरै पछाडि अन्तर्राष्ट्रिय व्रिmकेटमा पाइला टेकेको हो । युद्धले गाँजेको यस देशको क्रिकेटलाई अगाडि ल्याउन भारत, पाकिस्तान, युएई जस्ता राष्ट्र अगाडि आए । आयरल्यान्डको घरेलु क्रिकेट राम्रो छ । त्यसैले आयरल्यान्ड पनि माथि चढ्दै गयो । आयरल्यान्डलाई क्रिकेटमा सबभन्दा बढी फाइदा छ । यो राष्ट्र बेलायतको सदस्य भएको कारण आयरल्यान्डका व्रिmकेटरलाई इङ्गल्यान्डको काउन्टी क्रिकेटमा खेल्ने मौका मिल्ने गर्छ, जसले गर्दा आयरल्यान्डका क्रिकेटर राम्रो अनुभव हासिल गर्छन् । अहिले आयरल्यान्ड र अफगानिस्तानले टेस्ट मान्यता नै पाइसकेको छ ।

नेपालको बारेमा पनि अहिले छिमेकी देशबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ । नेपाली खेलाडीलाई आइसिसीले विभिन्न देशमा हुने फ्रेन्चाइ लिग तथा अन्य व्रिmकेट प्रतियोगितामा खेलाउन पहल हुनुपर्ने आवाज उठ्न थालेका छन् । भारतीय क्रिकेट विज्ञहरू नै भारतमा हुने रणजी ट्रफी, दुलिप ट्रफी, विजय हरारे ट्रफी, डियोधर ट्रफी, इरानी ट्रफी जस्ता प्रमुख घरेलु प्रतियोगितामा नेपाली खेलाडीलाई खेलाउने वातावरण मिलाउनुपर्ने कुरा गरिरहेका छन् ।

नेपाली क्रिकेटको विकासमा अहिले सबभन्दा ठुलो बाधा भनेको कमजोर घरेलु क्रिकेट संरचना र भौतिक पूर्वाधार हो । यस सत्रको घरेलु क्रिकेट क्यालेन्डर हेर्ने हो भने प्रतियोगिता नगन्य छ । नेपालमा क्रिकेटको ठुलो व्रmेज छ । भारत र पाकिस्तानसँगको खेलपछि अब नेपालमा झन् ठुलो सङ्ख्यामा क्रिकेट खेलिने छ होला । नेपालमा अन्तर्राष्ट्रिय खेल हुँदा रङ्गशालामा दर्शकको खचाखच भिड हुन्छ, जुन दृश्य टेस्ट नेखल्ने राष्ट्रमा पाइँदैन । मिडियाले घरेलु क्रिकेटको राम्रो कभरेज गरिरहेको छ । सबभन्दा महìवपूर्ण कुरा ठुलो सङ्ख्यामा युवा क्रिकेट खेल्छन् र व्रिmकेटमा आफ्नो भविष्य बनाउन चाहन्छन् । अब यसलाई ‘क्यास’ गर्न जरुरी छ । सरकार, नेपाल क्रिकेट सङ्घ र व्यापारिक घरानाहरूले मिलेर यो काम गर्न सक्छन् । कुनै पनि खेलको विकासका लागि सरकार, सरोकारवाला निकाय र प्रायोजकहरूको ठुलो हात रहेको हुन्छ ।

हुन त सरकारले अहिलेसम्म खेलकुदलाई प्राथमिकतामा राखेको छैन तर एसिया कपमा नेपालले खेल्दा राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य नेताको बधाई सन्देशको ओइरो लागेको थियो । अब यो सफलतालाई नै हेरेर भए पनि अब सरकारले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन नितान्त आवश्यक छ । क्रिकेट जस्तो खेललाई सरकारी स्तरबाट नै प्रभावकारी प्योकज आउनु पर्छ । क्यानको काम भनेको खेलाडीलाई १२ महिना नै क्रिकेटमा व्यस्त गराउन सक्नु पर्छ । यसका लागि घरेलु संरचना बलियो बनाउनु पर्छ । 

घरेलु क्रिकेटलाई सकेसम्म लम्ब्याउनु पर्छ । राष्ट्रिय क्रिकेटर मात्र होइन, स्थानीय क्रिकेटरलाई पनि चार, पाँच महिना प्रतियोगितामा व्यस्त गराइरहनु पर्छ । दुईदिवसीय, एकदिवसीय र छोटो संरचनाको टि–ट्वान्टी लगातार हुनु पर्छ । जुनियर क्रिकेटमा ध्यान दिनु पर्छ, जसले गर्दा खेलाडीको कमी नहोस् । 

अर्को कुरा खेलाडीलाई यो खेलमा लागेर बाँच्न सक्छु भन्नेमा ढुक्क गराउन सक्नु पर्छ । यसका लागि ठुला कम्पनीलाई व्रिmकेटमा जोड्नु पर्छ । यसमा कमजोरी भयो भने सफलता कायम राख्न सकिँदैन । यी पक्ष इमानदार भएर लागेमा नेपाली क्रिकेटले हामीलाई अझ गर्बिलो उपलब्धि दिने छ । नत्र क्रिकेटबाट सबैको मोहभङ्ग हुन समय लाग्ने छैन । नेपालले अबको लक्ष्य विश्वकप क्रिकेट र टेस्ट मान्यतालाई बनाउनु पर्छ ।