• १९ साउन २०८१, शनिबार

संयुक्त सैनिक अभ्यास हुँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २१ गते । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । यही भदौै २४ देखि असोज १२ गतेसम्म ‘जोइन्ट कम्बाइन्ड एक्सचेन्ज (जेसिइटी)  ब्यालेन्स नेल ४० औँ शृङ्खला काठमाडौँमा हुन लागेको हो । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अभ्यासमा नेपाली सेनाका ३० तथा अमेरिकी सेनाका १२ गरी ४२ जना सैनिकको सहभागिता हुने छ । उक्त संयुक्त अभ्यासमा विपत् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ । नेपाली सेना, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपत् व्यवस्थापन तालिम गर्दै आएको छ ।