• १३ मंसिर २०८१, बिहिबार

बुटवलमा खुला टेबल टेनिस हुने

blog

पत्रकार सम्मेलनमा बुटवल टेबल टेनिस क्लबका पदाधिकारी । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर,भदौ १८ गते । रुपन्देहीको बुटवलमा प्रथम कृष्ण जन्माष्टमी जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवल ११ ओलीपथ स्थित कभर्डहलमा भदौ १९ र २० गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुला तथा विद्यालयका गरी तीन सय भन्दाबढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । 

विभिन्न ११ विधामा हुने प्रतियोगितामा डबल्स तथा सिंगल्स प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा खुलातर्फ विजेताले नगद ५ हजार राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता र तृतीय हुनेले क्रमशः तीन हजार र दुई हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नवीन शाक्यले जानकारी दिनुभयो ।

विद्यालय स्तरका प्रतिस्पर्धामा पनि विजेता तथा उप विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । रुपन्देहीमा दुई दर्जन बढी राष्ट्रिय स्तरका टेबलटेनिस खेलाडी रहेका छन् भने विभागीय टिममा सहभागी भई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका छन् ।