• २१ वैशाख २०८१, शुक्रबार

मियामीबाट विश्राम लिने छन् मेसी

blog

अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका लियोनेल मेसीले अमेरिकी क्लब इन्टर मियामीलाई खेलाडी जीवनको अन्तिम गन्तव्य बनाएका छन्। मेसीलाई साउदी अरबको क्लबले सर्वाधिक पारिश्रमिक दिएर किन्न खोजेको भए पनि उनले अमेरिकी क्बल इन्टर मियामी नै रोजे। त्यसको पछाडिको कारण थियो, उनका सन्तानको भविष्य। 

मेसीसँग यति धेरै सम्पत्ति छ कि उनका दुई–तीन पुस्ताले कामै नगरी पनि सोखिनको जीवन बाँच्न सक्छन् तर मेसी पैसाभन्दा पनि बालबच्चाको भविष्य हेरेर त्यता लागे। उनको परिवारका सदस्य अमेरिकी शैलीसँग सहज महसुस गर्ने भएकैले पनि मेसी अमेरिका गएका हुन्। 

मेसी इन्टरमा गएपछि एकाएक क्लबको हैसियत विश्वस्तरको भएको छ। इङ्ग्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकहमको लगानी रहेकाले पनि इन्टर मियामी चर्चामा छ। अब यस क्लबको टिमको खेल हेर्न टिकटको मूल्यसमेत बढेको छ। निरन्तर हार बेहोरेको क्लबले मेसी आएपछि लगातार खेल जितिरहेको छ। 

यसबाट मेसीको आम्दानी पनि बढ्ने छ। उनले वार्षिक पाँचदेखि छ करोड डलर पाउने छन्। साथै क्लबको सेयरमा पनि उनको हिस्सा हुने छ। एमएलएसले एडिडास र एप्पलबाट पाउने रकमको केही अंश मेसीले पनि पाउने छन्। मेसी अमेरिका गएपछि अब उनी अमेरिकी फुटबलमा आधुनिक पेले बन्नेसमेत विश्वास गरिएको छ।