• ६ जेठ २०८१, आइतबार

लाहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’

blog

गोलबजार (सिराहा),  भदौ १२ गते । लाहान नगरपालिकाले फोहाेर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लाहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको  जानकारी दिनुभयो ।

फोहाेर सङ्कलन गर्न ट्रयाक्टरभन्दा  ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ ।  पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहाेर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उहाँले बताउनुभयो । 

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताउनुभयो  ।  रासस