• २० वैशाख २०८१, बिहिबार

बृहत् कला प्रदर्शनी सुरु

blog

काठमाडौँ, भदौ ८ गते । नेपाल आर्ट काउन्सिलमा बृहत् कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा ८० जना कलाकारको कलाकृति एउटै थलोमा अवलोकन गर्न सकिने आयोजक पक्ष ई–आर्टस् नेपालले जनाएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिबाट सुरु गरिएको प्रदर्शनीमा जम्मा ५० जना कलाकारले भाग लिएका थिए । आयोजकका अनुसार यस पटक प्रदर्शनीमा कलाका विभिन्न विधा समेटिएको छ ।

ई–आर्ट्स नेपालका सहसंस्थापक तथा कलाकार एरिना ताम्राकार, सहसंस्थापक आशा डङ्गोललगायतका कलाकारको सहभागितामा वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापूको प्रमुख आतिथ्यमा कला प्रदर्शनी शुभारम्भ भएको हो । 

कलाकार कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डङ्गोल, एरिना ताम्राकार, भाइराज महर्जन, प्रदीप वज्राचार्य, प्रमिला वज्राचार्य, विनोद प्रधान, जुपिटर प्रधान, विधाता केसी, सागर मानन्धर, अजय वज्राचार्य, सरिता डङ्गोलदेखि हालका युवा कलाकारमा इशान परियार, सविता डङ्गोल, सुजन डङ्गोल, मुना भँडेललगायत करिब ८० जना कलाकारको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ । प्रदर्शनी भदौ १३ गतेसम्म चल्ने छ ।