• २४ पुस २०८१, बुधबार

लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ

अद्‍भूत व्यक्तित्वका धनी चिन्तक प्रदिप गिरी

blog

प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रम ।

काठमाडौं, भदौ २ गते। नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताउनुभएको छ। 

प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ गर्दै नेता निधिले स्वतन्त्रता प्रेमी गिरी समानताका पक्षपाती भएको स्मरण गर्नुभयो। 

राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरीले नै गरेको उल्लेख गर्दै निधिले भारतका समाजवादीले समेत उहाँलाई राजनीतिक गुरु मान्ने गरेको बताउनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले न्यायका पक्षपाती गिरी वैचारिक स्वतन्त्रताको वकालत गर्दै समानताका पक्षमा सदैव अडिग रहने गरेको स्मरण गर्नुभयो। 

माओवादी नेता राम कार्कीले माक्सवादका बारेमा कम्युनिष्ट पार्टीका सदस्यहरुलाई प्रदिप गिरीले प्रशिक्षण दिएको स्मरण गर्दै कुनै दल विशेषको नेताका रुपमा लिन नहुने धारणा राख्नुभयो। 

कार्यक्रममा भाइ शेखर गिरी, वरिष्ठ पत्रकार हरिहर विरही, पूर्व राजदूत विजयकान्त कर्ण, खिलानाथ दाहाललगायतले नेपालको लोतकान्त्रिक आन्दोलनमा गिरीको योगदानको स्मरण गर्नुभयो। 

कार्यक्रमा निधिले शहीद स्मृति प्रतिष्ठानद्वरा प्रकाशित प्रदिप गिरि स्मृति ग्रन्थको लोकापर्ण गर्नुभयो। 

निधिले पशुपतिबाट हेटौंडा, वीरगञ्ज हुँदै काशी प्रस्थान गरेको टोलीलाई गिरीको अस्तु हस्तान्तरण गर्नुभयो। प्रदिप गिरीका निकट सहयोगी रामपल्टन साह, कञ्चन झा, मन्दिप पुरीको अगुवाइमा गिरीको अस्तु काशी लगिएको हो। काशीमा आयोजना हुने कार्यक्रममा भारतीय समाजवादी नेता सहभागी हुने बताइएको छ।