• ३ जेठ २०८१, बिहिबार

माओवादीमा दुई केन्द्रीय सदस्य मनोनित

blog

बाबुराम गौतम र आशोककुमार मण्डल । फाइल तस्बिर

काठमाडौं, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

केन्द्रीय समितिको निर्णय बमोजिम गौतम र मण्डल दुबै जनालाई केन्द्रीय समितिमा मनोनित गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

गौतम कोशी प्रदेश सभामुखबाट राजीनामा दिएपछि सांसद् मात्रै हुनुहुन्छ । मण्डलले भने माओवादी परित्याग गरी २०७९ सालको प्रतिनिधि सभा चुनावमा सुनसरी १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पार्टी परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिएर पराजित हुनुभएका मण्डललाई पुन: केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । माओवादी पार्टीमा हाल चार सय ९ केन्द्रीय सदस्य, एक सय ८८ जना वैकल्पिक गरी कूल पाँच सय ९७ जना सदस्य भएका छन् । 

आगामी मंसिरमा माओवादी केन्द्रको विधान सम्मेलन भएपछि केन्द्रीय समिति दुई अङ्कको बनाउने तयारी छ । केन्द्रीय समिति ठुलो र भद्दा भएकोले चुस्त र व्यवस्थित कमिटी नाउनुपर्ने माओवादीका शीर्ष नेताले बताएका छन् ।