काठमाडौँ, साउन ३० गते । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैङ्कका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनीषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट [नागरिक बैङ्क मुद्दा] रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौँबाट र अन्यलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो । रासस