• ११ मंसिर २०८१, मङ्गलबार

पुडासैनीको ‘समृद्धिको हुटहुटी’

blog

काठमाडौँ, साउन २७ गते । लेखक अस्विनकुमार पुडासैनीले लेख्नुभएको ‘समृद्धिको हुटहुटी’ पुश्तक लोकार्पण गरिएको छ।

लेखक पुडासैनीले सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबारे लेख्नुभएको पुस्तकको शुक्रबार राजधानीमा आयोजित कार्यममा लोकार्पण गरिएको हो। 

कार्यममा पुस्तकका सम्पादक शरच्चन्द्र वस्तीले लेखक पुडासैनी आफूभित्र रहेको ऊर्जाको आवेगको सही सुदुपयोग गरी मुलुककै समृद्धिका लागि आवश्यक सुझावलाई पुस्तकको रूप दिन सफल भएको बताउनुभयो। 

समीक्षक डा. धु्रव आचार्यले यस देशको सुशासन, समृद्धिका लागि कर्मचारीतन्त्र, कूटनीतिक क्षेत्र, सुरक्षा निकाय, राजनीतिकलगायत थुप्रै क्षेत्रमा सुशासन ल्याउन आवश्यक तत्वबारे चर्चा गरिएको यस पुस्तक सबैले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। समीक्षक प्रा. कृष्ण हाछेथूले यस पुस्तक नेपाली समाज, विश्वविद्यालय र राष्ट्रकै लागि उपयु सामग्रीका साथ प्रकाशित भएको बताउनुभयो। उहाँले पुस्तकमा राजनीतिक दलले ल्याउनुपर्ने घोषणापत्रदेखि सरकारले ल्याउनुपर्ने वार्षिक कार्यम, नीति, बजेटमा उल्लेख गर्नुपर्ने बुँदा र कार्यान्वयनका लागि अपनाउनुपर्ने सजगतादेखिका सुझावले भरिपूर्ण रहेको बताउनुभयो।  

दिव्य देउराली प्रकाशन प्रालिद्वारा प्रकाशित पुस्तकमा नेपालको विकास, समृद्धि हासिल गर्न अपनाउनुपर्ने सुशासनका लागि आवश्यक १०१ तत्वबारे बुँदागत एवं विस्तृत रूपमा व्याख्या गरिएको छ। 

पुस्तकमा राजनीतिक, कर्मचारीतन्त्र, सेना, प्रहरी, कानुनी क्षेत्र, कूटनीतिक, नेपालको जल क्षेत्र, झरना, खोला, पोखरीको संरक्षण, वनजङ्गल, फोहोर व्यवस्थापन, भूमि बैङ्क, आइडिया बैङ्कबारे समेत चर्चा गरिएको छ। यस्तै समाजका ज्येष्ठ नागरिकको सम्मान र तिनमा रहेको ज्ञान हस्तान्तरणमा समेत जोड दिइएको छ।