• १२ मंसिर २०८१, बुधबार

तम्घासका औषधि पसलको अनुगमन

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन ९ गते । गुल्मीको तम्घासमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत विनोद खनालको नेतृत्वमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, जिल्ला प्रहरी, आयुर्वेद कार्यालय, रेसुङ्गा नगरपालिका, घरेलु र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा यहाँका रहेका औषधि पसलको अनुगमन गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार तम्घासमा रहेका औषधि पसलहरुको पनि अनुगमन गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ रहेका १४ एलोपेथिक र ५ आयुर्वेदिक गरी १९ औषधि पसलमा अनुगमन गरिएको हो ।

केही क्लिनिक अनुमति बिना सञ्चालन गरेको अनुगमनको क्रममा पाइएको छ । केहीले एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकसमेत बेच्ने गरेको पाइएको प्रशासकीय अधिकृत गिरीले जानकारी दनुभयो । त्यस्तै, औषधि बेच्नको लागि इजाजत लिएको व्यक्ति नभई अन्य व्यक्तिले औषधि विक्री वितरण गरेको पाइएको छ । अनुगमनका क्रममा केही म्याद नाघेको औषधि पनि देखिएको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा औषधि पसलहरुमा देखिएको कमी–कमजोरीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत विनोद खनालले बताउनुभयो । औषधि पसल मापदण्ड अनुसार सञ्चालन गर्न सबै औषधि व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।