• २० असोज २०८१, आइतबार

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

blog

विराटनगर, साउन ७ गते । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान  विराटनगरबाट  प्रदान गरिने  दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई समर्पण गरियो । 

उक्त पुरस्कार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रदान गर्नुभयो । पुरस्कारको राशि क्रमशः ५१ हजार र २५ हजार रहेको जानकारी प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले दिनुभयो । 

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले पिताजीको नाममा राखेको रु. पन्द्र लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गरिन्छ । 

यो पुरस्कार हरेक वर्ष प्रदान गरिने सचिव दिङ्लली कान्छोले जानकारी दिनुभयो ।