• ७ पुस २०८१, आइतबार

सौर्य बैठकमा सहभागी हुन मन्त्री बस्नेत नेतृत्वको टोली अबुधावी प्रस्थान

blog

सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन मन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको टोली ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । संयुक्त अरव इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यहाँका लागि प्रस्थान गरेको छ। बैठक जुलाई २४ देखि २६ (साउन ८ देखि १०) सम्म हुनेछ ।

आईएसएका सदस्य राष्ट्रहरु, एसिया–प्रशान्त क्षेत्रका देशहरूमध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार सङ्गठनको बैठकमा सहभागिता रहनेछ ।

भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्‍ट्रलाई सौर्य ऊर्जा प्रविधिहरु प्रयोगगरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्ने र जलवायु परिवर्तन कम गर्न सहयोग प्राप्त गर्न सक्ने बताइएको छ । 

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न गठबन्धनबाट मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।