• ७ पुस २०८१, आइतबार

मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । नेपाल राष्ट्र बैँकले  आर्थिक वर्ष २०८०-८१ मा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने जनाएको छ । 

आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैै राष्ट्र बैँकले कच्चा तेलको मूल्यमा रहेको अनिश्चितता र जारी रुस–युक्रेन युद्धका कारण मूल्यमा उच्च जोखिमको स्थिति अझै विद्यमान रहेकाले मुद्रास्फीति ६.५ प्रतिशत हुने जनाएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय स्तरमा कायम रहेको नीतिगत कार्यदिशा, मुद्रास्फीतिको घट्दो क्रम, मुद्रास्फीतिसम्बन्धी नागरिकको स्थिति अपेक्षा र मूल्यको आधार प्रभावसमेतलाई हेरेर यो अनुमान गरिएको राष्ट्र बैँकले जनाएको छ ।