• १४ जेठ २०८१, सोमबार

‘क्यान्सर–के, किन र कसरी’ लोकार्पण

blog

काठमाडौँ, असार ३१ गते । प्राडा. योगेन्द्र प्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक लोकार्पण भएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालै पुस्तकको लोकार्पण गर्नुभयो । 

डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका नीति निर्माणमा लागेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनुभयो । 

कार्यव्रmममा लेखक तथा वरिष्ठ क्यान्सर सर्जन डा. वाइपी सिंहले लामो समयको अनुभव, ज्ञान र तथ्यहरू सङ्कलन गरेको पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले क्यान्सरबारे जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।