• ११ असोज २०८१, शुक्रबार

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

blog

बैतडी,  असार  २८ गते । वर्षाका कारण पहिराे खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठालापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा गोठालापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस