• ११ असोज २०८१, शुक्रबार

प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

blog

एमाले सांसद देवेन्द्र दाहाल ।

काठमाडौं, असार २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । 

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा बैठक बस्ने जानकारी दिनुभएको भए पनि बैठक बस्न सकेको छैन । 

बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभयो। 

सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।” रासस