• २० असोज २०८१, आइतबार

करेन्ट लागेर एकको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार २० गते । झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार वडा ८ मा स्थानीय रातेहोलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार अपराह्न ४० वर्षीय पदमबहादुर भुजेलको मृत्यु भएको हो ।

रातेहोलीमा पानी सुक्दै गएपछि माछा बाहिर देखिएपछि करेन्ट लगाएर माछा मार्न गएका भुजेलको करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।