• ११ असोज २०८१, शुक्रबार

परराष्ट्रमन्त्री साउद मङ्गलबार अजरबैजान प्रस्थान गर्नुहुने

blog

परराष्ट्रमन्त्री एनपी साउद । फाइल तस्बिर

काठमाडौं, असार १८ गते । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ ।  

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उहाँले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँ असार २३ गते स्वदेश फर्कनुहुनेछ ।