• १२ असोज २०८१, शनिबार

सुटिङ सङ्घमा पुन: पुष्पदास

blog

काठमाडौं, असार १८ गते । नेपाल सुटिङ सङ्घको अध्यक्षमा पुष्पदास श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनले पुष्पदासलाई अध्यक्षमा निरन्तरता दिएको हो ।

उहाँ अघिल्लो कार्यकाल पनि अध्यक्ष हुनुहुन्थ्यो । सङ्घको वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा (घिसिङ), उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरन्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ निर्विरोध चुनिनुभयो ।

सदस्यहरुमा अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी निर्विरोध चयन हुनुभयो । नवनिर्वाचित कमिटिले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेको छ ।