• १२ असोज २०८१, शनिबार

मदन स्मृति ब्याडमिन्टनमा सांसदबीच प्रतिस्पर्धा

blog

काठमाडौं, असार १८ गते । नेपाल खेलकुद महासंघको आयोजनामा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने भएको छ ।

मदन भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव तीर्थबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुबीच प्रतिस्पर्धा गराईने महासंघले जनाएको छ । प्रतियोगितामा ६० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतले सबै राजनीतिक दलका सांसदहरुलाई एउटै कोर्टमा ब्याडमिन्टन प्रतियोगिता खेलाएर सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो । प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थान ललितपुरको रिभाइभ लिजर पार्कमा हुनेछ ।