• २१ असार २०८१, शुक्रबार

खोलाले बगाउँदा महिलाको मृत्यु

blog

शेरबहादुर सार्की

बाजुरा, असार ११ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया सङ्गीता साउद रहनुभएको छ । 

आइतबार खप्तड छेडेदह गाउँपालिका –३ र ४ मा रहेको झिगिने बार्जुगाड तर्ने बेलामा खोलाले बगाउँदा साउदको मृत्यु भएको हो ।

आमा छोरी नदी पार गर्नेक्रममा ९ वर्षीया छोरी बग्न थालेपछि छोरीलाई बचाउने क्रममा सङ्गीतालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । छोरी सकुशल रहनुभएको प्रहरीको भनाइ छ । 

प्रहरीले सो खोलामा खोजतलास गर्ने क्रममा बगेको स्थानबाट झण्डै १५ देखि २० मिटर तल साउद मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले बताउनुभयो ।