• २० असोज २०८१, आइतबार

भोजपुरको बजेट

पूर्वाधार र आधुनिक कृषिमा आत्मनिर्भर सहितको योजनामा प्राथमिकता

blog

गोकुल भुजेल

भोजपुर असार ११ गते । भोजपुरको नौ वटै पालिकाले असार १० गते पेस गरेको नीति तथा कार्यक्रम सहितको बजेटमा पुर्वधार, आधुनिक कृषि, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । पालिकाहरूले आगामी वर्षमा आ–आफ्नो पालिकालाई कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारको सृजना केन्द्रित नीति तथा कार्यक्रम सहितको बजेट पेस भएको हो । 

जसमा भोजपुर नगरपालिकाले असार ८ गते नीति तथा कार्यक्रम सहितको रु ६३ करोड १० लाख १६ हजार ६ सयको अनुमानित बजेट पेस गरेको छ । नगरले “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार–नगर विकासको मूल आधार” भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण, खेलकुद, सुशासन एवं न्याय सम्पादन लगायत विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पेस गरेको हो । 

यता, षडानन्द नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम सहित आगामी वर्षका लागी रु ८५ करोड १७ लाख ९९ हजार बराबरको अनुमानित बजेट पेस गरेको छ । “जडीबुटी आय आर्जन पर्यटन क्षेत्र विकासको पूर्वाधार, सशक्त नागरिक षडानन्द नगरपालिकाको मूल आधार” नाराका साथ नगर सभा सम्पन्न भएको थियो ।

त्यस्तै पौवादुङमा गाउँपालिकाले असार ९ गते रु ३९ करोड ९ लाख ९ हजार ९ सयको अनुमानित बजेट पेस गरेको छ । पालिकाले “हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसीयाली” भन्ने नाराका साथ स्थानीय खानेपानीको श्रोत व्यवस्थापन, घरघरमा जस्तापाता, स्वास्थ्य शिक्षा र कृषिमा आत्मनिर्भर लगायत क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । 

टेम्केमैयुङ गाउँपालिकाले आगामी वर्षको लागी नीति तथा कार्यक्रम सहित करिब ५२ करोडको अनुमानित बजेट पेस गरेको छ । पालिकाको मुख्य प्राथमिकतामा कृषिमा दुग्ध विकास, स्वास्थ्य, शिक्षा, सडक,खानेपानी, पर्यटन लगायत क्षेत्रहरू रहेका छन् ।

रामप्रसाद राई गाउँपालिकाले नीति तथा कार्यक्रम सहितको अनुमानित बजेट रु ४८ करोड ६२ लाख ८६ हजार ६ सय गाउँ सभामा पेस गरेको थियो । बजेटको प्राथमिकतामा शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी,सडक लगायत क्षेत्रहरू परेका छन् ।

जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाले आव २०८०/८१ का लागी ३८ करोड १३ लाख ९४ हजार ८ सय को अनुमानित बजेट पेस गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन मुख्य प्राथमिकताको क्षेत्रहरू रहेका छन् । 

अरुण गाउँपालिकाले आगामी वर्षका लागी नीति तथा कार्यक्रम सहित अनुमानित रु ४६ करोड ८३ लाख ९६ हजार ४ सयको बजेट पेस गरेको छ । पालिकाको प्राथमिकतामा शिक्षा,स्वास्थ्य, खानेपानी,पर्यटन रहेका छन् । 

आम चोक गाउँपालिकाले रु ४५ करोड बराबरको अनुमानित बजेट गाउँ सभामा पेस गरेको छ । पालिकाले बजेटमा खानेपानी,शिक्षा, स्वास्थ्य र सडक आदिलाई प्राथमिकतामा राखेको छ । 

हतुवागढि गाउँपालिकाले आगामी वर्षका लागी नीति तथा कार्यक्रम सहित रु ३० करोड ९६ लाखको अनुमानित बजेट पेस गरेको छ । पालिकाको प्राथमिकताको क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, सडक रहेका छन् ।