• १९ असार २०८१, बुधबार

सुनकोशीमा किशोर बेपत्ता

blog

सुनकोशी नदी । फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, असार १० गते । सुनकोशी नदीमा पौडी खेल्न गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका –४ का झरिमान राईका १६ वर्षीय छोरा नयन्द्र राई नदीमा डुबेर बेपत्ता भएका हुन् । 

गर्मी छल्न साथीहरुसँग सुनकोशी नदीमा पौडीखेल्न गएका राईलाई नदिले बगाएर बेपत्ता पारेको खबर स्थानीयले दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । उनको स्थानीय र प्रहरीमार्फत खोजी कार्य भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।