• २० वैशाख २०८१, बिहिबार

बुटवलको बजेट २ अर्व ३६ करोड ५४ लाख

blog

कार्यक्रममा बजेट प्रस्तुत गरिदै । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, असार १० गते । बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारलगायतका क्षेत्रको समुन्नतिमा जोड दिइएको छ । त्यस्तै, बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रूपमा विकास गर्नेलगायतका कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, नगरभित्र उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोगगरी उत्पादन र रोजगारी अभिवृद्धि गर्ने, नगरबासीको विकास र उन्नतिको आकांक्षालाई सामाजिक, आर्थिक र पूर्वाधार विकासमार्फत सामाजिक समावेशीकरणलाई आत्मसाथ गर्दै नागरिकको समग्र विकासमा जोड दिने बिषय प्राथमिकतामा परेका छन् । 

बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गर्ने, ‘स्वच्छ नगर, स्वस्थ नगरबासी’ को नीतिलाई प्रभावकारी बनाउन नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गरिएको छ ।