• ११ मंसिर २०८१, मङ्गलबार

लागूऔषध दिने आमा पक्राउ

सिङ्गो समाज लागुऔषधविरुद्ध उभिनु पर्छ : मन्त्री साउद

blog

कार्यक्रममा सामाजिक विकासमन्त्री झपटबहादुर साउद । तस्बिर :प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असार १० गते । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न सिङ्गो समाज उभिनुपर्ने बताउनुभएको छ । 

लागुऔषध दूरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले लागूऔषध डरलाग्दो गरेर कैलाली, कञ्चनपुरमा मात्र नभई पहाडी जिल्लामा समेत फैलिएको बताउनुभयो । 

उहाँले समाजका सबै अङ्गभन्दा मिडियाले जनचेतनामा अझ धेरै काम गर्न सक्ने बताउँदै लागूऔषधविरुद्ध नियमित समाचार बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा धनगढी पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले दुव्र्यसनमा फसेका बालबालिकालाई स्कुले बालबालिकामार्फत सम्झाउने, बुझाउने गराउनु पर्ने बताउनुभयो । समान उमेर समूहले भनेको कुरा मान्ने भएकाले दुव्र्यसनमा फसेकालाई बचाउन स्कुले बालबालिका उपयोगी हुनसक्ने धारणा राख्नुभयो ।  

सहभागीहरुले ७ देखि १० कक्षामा पढ्नेहरु दुव्र्यसनको शिकार बन्दैगएकाले उनीहरुले घरमा बढी रुपियाँ माग्यो भने उनीहरुमाथि शंका गरेर चियोचर्चो गरी समयमै कुलतबाट जोगाउन अभिभावक लाग्नुपर्ने सुझाव स्वास्थ्य कार्यालय कैलालीका पव्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो ।

दुव्र्यशनी छाडेका युवा दीपक बोगटीले पहिले शहरमा हुनेखानेका बालबच्चा मात्र लागूऔषधमा लागेको मान्यता राखिएकोमा अहिले दुर्गम गाउँमा पनि त्यो फैलिएको चर्चा गर्दे नियन्त्रणका कार्यक्रम गाउँतिर लैजानुपर्ने बताउनुभयो । 

सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि अरुण जोशीले संसारमा ६ प्रतिशतसम्म मानिस लागूऔषधबाट प्रभावित भएकोमा नेपालमा ३० प्रतिशतसम्म सुर्तीजन्य पद्धार्थमा संलग्न रहेको बताउनुभयो । 

आन्तरिक मामिला मन्त्रालयका उपसचिव विश्वदीप बेस्राको अध्यक्षतमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, दुव्र्यसन छाडेकाहरु, प्रहरी कार्यालयका अधिकृत, पत्रकारलगायतले लागूऔषधमा आफूले देखे, भोगेका घटना सुनाएका थिए । 

प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र, कञ्चनपुरका प्रमुख हेमराज खड्काले सहभागीलाई लागूऔषधको पक्षपोषण हुनेखालका कुनै पनि क्रियाकलापमा नलाग्ने, आफ्नो स्वास्थ्यमा ध्यान दिने सामुहिक प्रतिवद्धता व्यक्त गराउनुभयो । 

छोरालाई लागूऔषध दिन गएकी आमा पक्राउ 

लागु औषध मुद्दामा कैलाली जिल्ला कारगारमा कैद भुक्तान गरिरहेका छोरालाई खैरो हिरोइन दिन गएकी आमा आइतबार दिउँसो पक्राउ परेकी छन् । २१ वर्षका छोरा ओमप्रकाश अवस्थीलाई खैरो हिरोइन दिन खोज्ले ५० वर्षकी आमा कमलादेवी अवस्थी पक्राउ परेकी हुन् ।  

छोरा भेट्न आइतबार दिउँसो कारागार पुगेकी कमलादेवीले ल्याएको बिस्कुट भित्र पाँच ग्राम ४० मिलिग्राम लागुऔषध खैरो हिरोइन भेटिएको सुदूरपश्चि प्रहरी कार्यालयले जनाएको छ ।