• २० असोज २०८१, आइतबार

निःशुल्क विद्युतीय चुलो वितरण

blog

चुलो वितरण गर्नुहुँदै नगर प्रमुख विमला राई

राजकुमार भट्टराई 

खोटाङ, असार १० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । नगरपालिकाले यस वर्ष एक सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय इन्फ्रारेड चुलो प्रदान गरेको हो । 

चालु आर्थिक वर्ष २०७९-०८० मा नगरपालिकाले दुई सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिकाभरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो प्रदान गर्नुभएको हो । बाँकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताउनुभयो । 

देश बाहिर जाने अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । “आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि आफ्नै देशमा रहन्छ,” नगर प्रमुख राईले भन्नुभयो ।

चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रम निरन्तर चल्ने छ । “विद्युतीय चुलो प्रयोग गर्दा विद्युत महसुल सधाको भन्दा बढी उठ्छ्, त्यसैले महसुल तिर्न सक्ने र ग्यास प्रयोग गरिरहेकाहरुलाई यो वर्ष प्रदान गरेका छौँ । आगामी वर्ष सबै व्यक्तिहरुलाई विद्युतीय चुलो वितरण निरन्तर गर्ने नगरपालिकाको लक्ष्य छ,” नगर प्रमुख राईले भन्नुभयो ।