• १३ असोज २०८१, आइतबार

जसपाको विधान अधिवेशन सुरु

blog

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा सहभागीहरु ।

काठमाडौं, असार १० गते । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आजबाट सुरु भएको छ । 

प्रज्ञा प्रतिष्ठान कमलादीमा केहीबेर अघि सुरु भएको अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी छन् । विधान अधिवेशनको

पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।