• ११ असोज २०८१, शुक्रबार

बैङ्कहरूबाट तरलता प्रशोचन गर्दै राष्ट्र बैङ्क

blog

काठमाडौँ, असार १० गते । नेपाल राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट २० अर्ब रुपियाँ खिच्ने भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले आइतबार फेरि बजारबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।

राष्ट्र बैङ्कले एक सूचना जारी गर्दै बैङ्कले असार १० देखि १७ गतेसम्म सात दिने अवधिका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको छ । यसअघि हिजो बिहीबार मात्रै १० अर्ब रुपियाँ खिचिएको थियो । रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैङ्कहरूले २६ अर्ब ३३ करोड रुपियाँको आवेदन प्रस्ताव गरेका थिए ।