• १४ मंसिर २०८१, शुक्रबार

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

blog

प्रतिकात्मक तस्बिर

लीलाधर वली 

घोराही, असार ९ गते । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिकाको फरक फरक दुई स्थानमा  चट्याङ लागेर दुई जनाको मृत्युु भएको हो । 

शनिवार बेलुका करिब ५ बजेको समयमा चट्याङ लाग्दा दंगीशरण गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख समेत रहनुभएका मल्लका अनुसार समिरलाई कामको सिलसिलामा खेतमा गएका समयमा चट्याङ लागेको थियो । 

यस्तै सोही समयमा चट्याङ लागि दंगीशरण गाउँपालिका वडा न ३ निवासी ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरीको पनि मृत्यु भएको छ । 

खेतमा टमाटर टिपेर फर्कदै गर्दा चट्याङले हानेर गम्भीर घाइते हुनुभएका चौधरीकोे तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्ले जानकारी दिनुभएको छ । 

प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो,‘शनिबार बेलुका बर्षादसँगै परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । उहाँहरुको शव तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।’