• २७ वैशाख २०८१, बिहिबार

अनन्त ५० खेलको कोशढुङ्गामा

blog

अभ्यास गर्दै अनन्त तामाङ ।

काठमाडौँ, असार ६ गते । नेपालका सेन्टर ब्याक अनन्त तामाङले बुधबार साफ च्याम्पियनसिप २०२३ मा कुवेतविरुद्ध खेलेर ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुङ्गा छुनुभएको छ ।

साफ च्याम्पियनसिप खेल्न भारतको बेंगलुरुमा रहेको नेपाली टिमका अन्य तीन सदस्य कप्तान किरण लिम्बु, रोहित चन्द र अञ्जन विष्टले पनि ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ ।

सन् २०१५ मा भारतविरुद्ध खेलेर अनन्तले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्नुभएको थियो । अनन्तले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने बेला अन्तर्राष्ट्रिय खेल जीवन यति लामो हुनेछ भन्ने नसोचेको बताउनुभयो । 

‘‘म भाग्यमानी छु । नेपालको राष्ट्रिय टिमबाट खेल्नु नै ठुलो कुरा हो । अझ ५० खेलको कोशेढुङ्गा छुँदा अझ धेरै खुसी भएको छु । यो खेल जीवन अझ लम्ब्याउन चाहन्छु । यसका लागि मैले आफ्नो फिटनेस भने राम्रो बनाउनुपर्ने हुन्छ ।’’

कर्नर तथा डिबक्समा लक्षित फ्रिकिकमा हेड गोल गर्न प्राय आफ्नो डिफेन्स लाइन छोडेर अगाडि आउनुहुने अनन्तको नाममा तीन अन्तर्राष्ट्रिय गोल छ ।