• ९ पुस २०८१, मङ्गलबार

अग्ला टावर निर्माण गरेर देश समुन्नत हुँदैन : महामन्त्री शर्मा

blog

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला टावर र ठुला एयरपोर्ट निर्माणले देश समुन्नत नबन्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

देश समुन्नत छ कि छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास पर्ने अवस्था छ कि छैन भन्ने कुरालाई हेर्नुपर्छ” महामन्त्री शर्माले थप्नुभयो, “श्रमिकले जीवनयापन सहज रूपमा गर्न नसकेसम्म देश समुन्नत हुन सक्दैन ।” कांग्रेस संस्थापक नेता बीपी कोइरालाले श्रमिकको हक हितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको उहाँले चर्चा गर्नुभयो । अहिलेका नेताहरूले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको उहाँको भनाइ छ । 

महामन्त्री शर्माले देशमा परिवर्तन सुस्त ढङ्गले भइरहेकाले केही पनि भएको छैन भनेर निराश हुने अवस्था भने नरहेको बताउनुभयो । राजनीतिक दलका नेताहरू इमान्दार, देश र जनताप्रति समर्पित हुन सके मुलुकको परिवर्तन चाँडै हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।