• ११ असोज २०८१, शुक्रबार

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

blog

काठमाडौं, असार ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच छलफल भएको छ । सोमबार (आज)स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको हो । 

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । 

“राजदूत छिट्टै बेलायत फर्किंदै हुनहुन्छ । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल गर्यौं”, मन्त्री बस्नेतले भन्नुभयो, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा ब्रिटिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”