• ९ पुस २०८१, मङ्गलबार

सरकारी सञ्चार माध्यमले जनताको आवाज बोल्नुपर्छ : सांसद सुवाल

blog

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल ।

काठमाडौं, असार ४ गते । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी सञ्चार माध्यमहरुले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुवालले यस्तो बताउनुभएको हो ।

सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रसारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।