• ११ मंसिर २०८१, मङ्गलबार

प्रेमा र हेमन्तले ल्याए पञ्चेबाजाको भिडियो

blog

काठमाडौं, असार २ गते। गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वर रहेको पञ्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक भएको छ।  म्याग्दीमा जन्मे हुर्केका गायक रसाइली र सङ्गीतकार प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ।

भिडियोमा  एरेन्ज गायक स्वयम् रहेको छ भने मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ। सार्वजनिक भिडियोमा मोडलद्वय विजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ। 

निरन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको निर्देशन गायक स्वयम्ले गर्नुभएको हो। राम केसीको छायाङ्कन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गर्नुभएको हो। भिडियोको निर्माण गायिका तथा सङ्गीतकार प्रेमा पुर्जाले गर्नुभएको हो।