• १३ असोज २०८१, आइतबार

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड

blog

काठमाडाैं, जेठ ३२ गते । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायालयले मार्ग प्रशस्त गरिइदिनुपर्नेमा जोड दिनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरूले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण गरिदिनुपर्ने बताउनुभयो । 

नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उहाँहरूले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराउनुभयो ।  

सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताउनुभयो । “नागरिकताबाट वञ्चित भएका सन्तानले काठमाडौँलगायत देशैभर आत्मदाह गर्ने प्रयास गरिरहेका छन्, यो रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्न सक्छन्, यसको जिम्मेवारी कसले लिने रु नेपाल सरकारले लिने कि न्यायालयले लिने रु”, उहाँले प्रश्न गर्नुभयो, “के नागरिकता माग्नु अपराध हो रु हामी नेपाली हौँ, नेपालमा बसोबास गर्ने नागरिक हौँ हामीलाई देशको नागरिकता चाहिएको छ भन्नु अपराध हो रु”

सांसद रेखा यादवले नागरिकता विधेयकसम्बन्धी विषयलाई न्यायालयले छिनो निरूपण दिनुपर्ने बताउनुभयो । “यदि राज्य र न्यायालयले न्याय नदिने हो भने अबका युवा कहाँ जलान, कसरी बाँच्लान्, यो देशमा कसरी रहलान्, यो देश रहनु छ भने युवालाई पनि सञ्चय गरेर राख्न सक्नुपर्छ, होइन भने यो देश कहाँ पुग्ला रु” उहाँले प्रश्न गर्नुभयो ।

आफ्ना देशमा बस्ने नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिँदै उहाँले आफू नेपाली भएर नै उनीहरूले नागरिकता माग गरेका विषयलाई सबैले गम्भीररुपमा लिनुपर्ने बताउनुभयो । 

सांसद डा. अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गर्नुभयो । 

सर्लाहीमा किसानले घरमा पालेर बिक्री गरेको खसी बोकालाई भन्सार छलेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिंहले प्रहरीका यस्ता गतिविधिले सीमा क्षेत्रमा बसोबास गर्ने किसानलाई समस्या भएको बताउनुभयो । “किसान गरिबलाई कृषि तथा पशुपालनमा सरकारले प्रोत्साहन गरोस्”, उहाँले भन्नुभयो ।   रासस