• १३ मंसिर २०८१, बिहिबार

विवाहको दुई महिना नबित्दै श्रीमतीको हत्या

blog

दमौलीमा गरिएको पत्रकार सम्मेलनमा अभियुक्त मनोज विष्टलाई सार्वजानिक गर्दै प्रहरी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ १ गते । 
सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले  श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका वडा नम्बर ५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका –४ दमौलीमा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्टलाई प्रहरीले पक्राउ गरेको हो । २२ वर्षीया रङ्गिला भुजेललाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताउनुभयो ।

मङ्गलबार दिउँसो श्रीमतीको हत्या गरी बोरामा पोको पारी फालेको अनुसन्धान गर्ने क्रममा खुलेको प्रनाउ विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार  नगरपालिका–४ गुरुङ चियानडाँडास्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी निकासका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र सडिगली दुर्गन्धित भएको अवस्थामा भुजेलको शव फेला परेको थियो ।

प्रनाउ विष्टले भन्नुभयो, ‘‘भुजेललाई उक्त स्थानमा लागि फाल्ने निजकै श्रीमान् रहेको रहस्य खुलेको छ । अभियुक्तले हत्या गरेको स्वीकार गरेका छन् ।’’

मङ्गलबार राति ९ बजेर ४५ मिनेटमा व्यास नगरपालिका–३ तरकारी लाइन, दमौलीमा फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा श्रीमतीको हत्या गरी ह्युम पाइपमा लगी फालेको भनी बताएको प्रहरीले बुधबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएको छ ।

तनहुँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा पाँचको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत प्रेम बसेपछि दुई महिना अघि वैशाख १ गते विष्टले भुजेलसँग प्रेम विवाह गरेका थिए ।

श्रीमतीले दुई वटा सिम लिई अर्को केटासँग पनि बोल्ने गरेको भनी झगडा परेपछि हत्या गरेको अभियुक्तले बताएको प्रनाउ विष्टले जानकारी दिनुभयो ।

सोमबार माईतीपक्षले हराएको खोजी गरिपाउँ भनी फोटोसहित प्रहरीमा निवेदन दिएको र शङ्का गरी मृतकको बुबालाई बोलाएर शव देखाउँदा छोरी भनी बताएपछि शव सनाखत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।