काठमाडौं, जेठ २९ गते । नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट हुनुभएको छ ।
नेपाल ब्याडमिन्टन सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा दुई र महिलामा दुई खेलाडी एसियाडका लागि छनोट गरेको हो । छनोटमा प्रिन्स र रसिलासहित सुनिल जोशी र जेशिका गुरुङ छनोट हुनुभएको हो ।
सङ्घले वैकल्पिक खेलाडीमा पुरुषतर्फ विष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट हुनुभएको छ । चारै खेलाडी पहिलो पटक एसियाडका लागि छनोट हुनुभएको हो ।