काठमाडौं, जेठ २९ गते । फ्रेन्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जित्नुभएको छ । आइतबार राति भएको फायन्लमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो ।
जोकोभिचले रुडमाथि ७–६ (७–१), ६–३, ७–५ को जित निकाल्नुभएको थियो । तेस्रो पटक फ्रेन्च ओपन जित्नुभएका जोकोभिचले यससँगै सर्वाधिक २३र्औं ग्रान्डस्लाम जित्ने खेलाडीको कीीर्तमान रच्नुभएको छ ।
३६ वर्षीय जोकोभिचले सर्वाधिक २२ वटा ग्रान्डस्लाम उपाधि जित्ने स्पेनिस राफेल नाडाललाई पछि पार्दै कीर्तिमान रच्नुभएको हो । उहाँले यसअघि वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन उपाधि जित्दै नाडालसँगको कीर्तिमान बराबरी गर्नुभएको थियो ।
जोकोभिचले अष्ट्रेलियन ओपन १० पटक, विम्बल्डन सात पटक तथा फ्रेन्च ओपन र यूएस ओपन तीन तीन पटक जित्नुभएको छ । एजेन्सी